हनुमन्तेश्वर माविका प्रधानाध्यापक श्रेष्ठलाई आफ्नै विद्यार्थी बलात्कारको आरोप

280 shares

दोलखा । हनुमन्तेश्वर उच्च मा.वि. का प्रधानाध्यापक गोपालध्वज श्रेष्ठले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ । श्रेष्ठलाई आफ्नै घरमा पढ्न बसेको छात्रामाथि बलात्कार गरेको आरोप लागेको हो ।

पढ्नको लागि दोलखाको अन्य गाउँपालिकाबाट हनुमन्तेश्वर आएकी छात्रालाई श्रेष्ठले पटक पटक जबर्जस्तीकरणी गरेको पिडितको आरोप छ । पिडित छात्रा पढ्नको लागि श्रेष्ठकै घरमा थिइन् ।

पिडितले श्रेष्ठले आफुमाथि गरेको बजर्जस्तीकरणीको बारेमा सबैलाई बताइदिने भनेपछि श्रेष्ठले प्रधानाध्यापक पदबाट राजिनामा दिएका छन् ।

280 shares