७० अंकले बढ्यो नेप्से, कारोबार रकम साढे पाँच अर्ब
वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:४४
392
shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.२२ अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेप्से बढेर २७८४.५८ विन्दुमा पुगेको हो ।
बजारमा ५ अर्ब ५२ करोड १६ लाख रुपैँया बराबरको कारोबार हुँदा १ सय ७१ कम्पनीको लगानीकर्ताले कमाउन सफल भएका छन् । आज १५ कम्पनीको लगानीकर्ताले गुमाएका छन् भने एक कम्पनीको शेयरमुल्य स्थिर रह्यो ।
शेयर बजार सकरात्मक रहँदा ६ कम्पनीको मुल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम लगायतका कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ भने विजया लघुवित्त, मिथिला लघुवित्त लगायतका कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:४४
392
shares