गौरीशंकर एमालेमा धक्का लाग्दै ! निर्वाचित जनप्रतिनिधि माओवादी प्रवेशको तयारी
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०७८ चैत १८ शुक्रवार ०४:२७
588
shares
![image image](https://aadarshaonline.com/wp-content/uploads/2022/02/uml-dolakha.jpg)
काठमाडौँ । नेकपा एमाले गौरीशंकर गाउँपालिकामा धक्का लाग्न सक्ने देखिएको छ । उच्च श्रोतका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित प्रभावशाली जनप्रतिनिधिले पार्टी परित्याग गर्न लागेका छन् ।
केही दिन अगाडि एमालेले नेकपा माओवादी केन्द्रको क्षेत्रीय संयोजक नीमा लामा लगायतलाई पार्टी प्रवेश गराएको थियो । पार्टीका प्रभावशाली नेता एमाले प्रवेश गरेपछि तिलमिलाएको माओवादीले एमालेबाट पालिका स्तरको प्रभावशाली नेतालाई प्रवेश गराउने तयारी गरेको हो ।
उच्च श्रोतका अनुसार एमालेका जनप्रतिनिधि आजै शुक्रबार माओवादी प्रवेश गर्ने तयारी रहेको जनाइएको छ । उक्त कार्यक्रमको लागि अहिले छलफल भइरहेको छ ।
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०७८ चैत १८ शुक्रवार ०४:२७
588
shares