ग्रीन भेन्चर्सको आईपीओ आइतबार बाँडफाँड हुने, १९ लाख आवेदकको हात खालि हुँदै

217 shares

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण शेयर आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार आईपीओ बाँडफाँड गर्ने भएको हो ।

कम्पनीले चैत ८ गतेदेखि ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यसमा ९३ हजार ७ सय ५० कित्ता कर्मचारीको लागि र १ लाख ५६ हजार २ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि २८ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

बिक्री प्रबन्धकको अनुसार २१ लाख ५७ हजार ५ सय ६० जनाले शेयरमा आवेदन दिएको थिए । उक्त आवेदन माग भन्दा ९.०३ गुणा बढी हो । अब धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले १० कित्ताको दरले शेयर पाउनेछन् ।

217 shares