बलेफी हाईड्रोको आईपीओमा ८ गुणा बढी आवेदन

245 shares

काठमाडौँ । बलेफी हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा माग भन्दा ७.५८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ बजेसम्ममा १० लाख ६२ हजार ५ सय ७५ जनाले आवेदन दिएका छन् ।

कम्पनीले १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यसमा, ७३ हजार १ सय १९ कित्ता शेयर कर्मचारीको लागि र १ लाख ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकि १६ लाख ६३ हजार ४ सय ५३ कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन् ।

लगानीकर्ताले कम्पनीको आईपीओमा चैत २१ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

245 shares