बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन, नमाने पार्टीबाट निकाल्ने चेतावनी

364 shares

काठमाडौं । सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेद्वारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको हो ।

बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारले उम्मेद्वारी फिर्ता नलिए पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएका छन् ।

364 shares