डुङ्गा दुर्घटना हुँदा ७६ जनाको मृत्यु

700 shares

काठमाडौं । नाइजेरियाको दक्षिणी सहर अनाम्बरामा भएको डुङ्गा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको कार्यालयले दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको विज्ञप्तिमा जानकारी दिएको छ ।

८५ जना यात्रु लिएर गएको डुङ्गा दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो । बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । नाइजेरियामा समय समयमा डुंगा दुर्घटना हुने गर्दछ ।

700 shares