दोलखाको झ्याँकुमा अज्ञात समुहद्वारा बसमा आगजनी

896 shares

दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकु साउनेमा रोलवालिङ यातायातको बसमा आगजनी भएको छ । गएराती १० : ३० बजे आसपासमा रोलवालीङ यातायातको बा ३ ख ५९७० नम्बरको बसमा आगजनी भएको हो ।

आगजनी भएको बसमा झ्याँकुबाट बसाइ सर्न लागेका २ परिवारको सम्पुर्ण सामग्री लोड गरीएको थियो । बसमा भएको सम्पुर्ण सामग्री जलेर नष्ट भएपनि कुनै मानविय क्षति नभएको वडा नम्बर ३ का वडाध्यक्ष युग बहादुर बस्नेतले बताएका छन् ।

घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएका छन् ।

896 shares