फेरि छायो नेप्सेमा हरियालि

1.96K shares

काठमाडौँ । नयाँ सरकार गठनसँगै दुई दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार सामान्य अंकले घटेको थियो । हिजो घटेको पूँजीबजार आज २.८८ प्रतिशतले बढेको छ । आज नेप्से ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको हो ।

बजारमा २ सय १४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । २ अर्ब ८६ करोड रुपैँया बराबरको कारोबार हुँदा नेप्सेसहित फ्लट, सेन्सेटिभ, सेन्सेटिभ फ्रलट सूचक सकरात्मक रहे । त्यस्तै, सबै उपसमुहका लगानीकर्ताले कमाउन सफल रहे । सबैभन्दा धेरै फाइनान्स उपसमुहका लगानीकर्ताले कमाए ।

हिमालयन उर्जा, सानिमा लाइफ इन्स्योरेन्स, श्रृजनशिल लघुवित्त लगायतका कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा इस्टर्न हाइड्रो, गणति लघुवित्त लगायतका केहि कम्पनीका लगानीकर्ताले थोरै मात्रामा गुमाए ।

1.96K shares