फुटबलका लेजेन्ड पेलेको निधन

1.63K shares

काठमाडौँ । विश्व फुटबलका महान् खेलाडी पेलुको निधन भएको छ । क्यान्सरबाट पिडित उनको साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।

उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए । तीनपटक विश्वकप उपाधि जित्ने उनि एकमात्र खेलाडी हुन् ।

सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीबाट सम्मानित पेलेले २१ वर्षे फुटबल करियरमा कीर्तिमानी १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका थिए ।

1.63K shares