कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड

490 shares

काठमाडौँ । कालिन्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आज आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले पहिलो चरणमा योजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि मंसिर १४ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १ लाख २० हजार २६० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।

कम्पनीको शेयरमा परेको १५ हजार ४ सय ११ आवेदनमध्ये योग्य १२ हजार जनाले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । वैदेशिक रोजगारीमा गएका ६ हजार २ सय ५९ जनाले दिएको आवेदनमा सबैले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ताशेयर २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

490 shares