‘ज्याकी : आइ एम ट्वान्टी वान’ बिहीबारबाटै प्रदर्शन

1.45K shares

काठमाडौँ । नेपाली फिल्म प्राय: शुक्रबारबाट प्रदर्शन हुने गर्दछन् । यसमा चलचित्र निर्माता संघसहित फिल्म सम्बद्ध विभिन्न संघ संस्थाहरुबीच एक किसिमको सहमतिनै छ ।

तर, ठुला व्यानरका फिल्म, हिन्दि फिल्मले यो नियमलाई सधैँ कुल्चियर हिड्ने गर्दछन् । यसैको नयाँ उदाहरण हो फिल्म ‘ज्याकी : आइ एम ट्वान्टी वान’ ।

फिल्म आज बिहीबारबाट देशभर प्रदर्शन हुदैँछ । रेनेशा राई रानाको निर्देशनमा बनेको फिल्मले डान्सरहरुको कथा भन्नेछ । फिल्ममा धिरज मगर, जसिता गुरुङ्ग लगायत चर्चित डान्स क्रु हरुको अभिनय रहेको छ ।

1.45K shares