तीन वर्षपछि चार फिल्म लिएर आउँदै विक्की कौशल
वि.सं.२०८० जेठ ३ बुधवार १३:५१

काठमाडौँ । लकडाउन भन्दा पहिला विक्की कौशल आफ्ना फिल्म मार्फत आफुलाई अब्बल सावित गरिरहेका थिए । उनका फिल्मले बक्सअफिस र दर्शक दुवैको मन जितेका थिए । तर, लकडाउन पछि उनका कुनै फिल्म आएका छैनन् ।
यो वर्ष उनि एकसाथ चार फिल्म लिएर दर्शकमाझ आउने भएका छन् ।
जरा हट के जरा बच के
लक्ष्मण उतेकरले निर्देशन गरेको यस फिल्ममा विक्कीको साथमा सारा अलि खान मुख्य भुमिकामा रहेकी छिन् । विहे गरेको जोडीको कथा रहेको फिल्म २ जुनमा प्रदर्शनमा आउनेछ ।

मेरे महबुब मेरे सनम
करण जोहरले निर्माण गर्ने यस फिल्ममा विक्कीलाई तृप्ती डिमरीले साथ दिनेछिन् । फिल्ममा पन्जाबी एक्टर सिंगर एमी विर्क पनि रहेका छन् । ८३ मा एमीको कामलाई दर्शकले मन पराएका थिए । फिल्म २५ अगष्टमा प्रदर्शनमा आउनेछ ।

द ग्रेट इंडियन फैमिली
यश राज फिल्मस्को व्यानरमा निर्माण गरेको फिल्ममा विक्कीलाई पूर्व मिस वल्र्ड मानुषी छिल्लरले साथ दिएकी छिन् । फिल्मको प्रदर्शन मिति पक्का नभएपनि यो वर्षको अन्त्यसम्ममा फिल्म रिलिज हुने जनाइएको छ ।

सैम बहादुर
इंडियाको पहिलो फिल्ड मार्सल सैम मानेकशाँको वायोपिक हो यो फिल्म । फिल्म १ डिसेम्बरमा प्रदर्शनमा आउनेछ ।

एकसाथ चार फिल्म लिएर आउन लागेका विक्कीलाई चुनौती उस्तै छ । उरी बाट कमाएको चर्चा र सफलता जोगाउनु उनको पहिलो चुनौती हो । किनभने लकडाउन पछि दर्शकहरुको फिल्मको च्वाइस बदलिएको छ । बदलिएको परिस्थितिमा उनले कसरी आफुलाई अब्बल सावित गर्छन् त्यो भने फिल्म रिलिज पछि नै थाहा हुन्छ ।
वि.सं.२०८० जेठ ३ बुधवार १३:५१





