हिमाल दोलखा हाइड्रोपावरको हकप्रद जेठ २२ गतेदेखि
वि.सं.२०८० जेठ ५ शुक्रवार ०३:१३

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।
कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा जेठ २२ गते देखि असार १० गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको शेयरमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
वि.सं.२०८० जेठ ५ शुक्रवार ०३:१३




