ए डिभिजन लिग : आज तीन खेल हुँदै
वि.सं.२०८० जेठ ५ शुक्रवार ०३:२४
1.27K
shares

काठमाडौँ । जारी सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछ । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक खेल हुनेछ ।
पहिलो खेल खुमलटार र त्रिभुवन आर्मी बिच र दोस्रो खेल चर्च ब्वाईज र नेपाल पुलिस क्लबबीच दशरथ रंगशालामा हुनेछ । पहिलो खेल दिउँसो ३ बजेबाट र दोस्रो खेल साँझ ६ बजेबाट हुनेछ ।
त्यस्तै ३ बजेनै एन्फा कम्प्लेक्स सातदोबाटोमा हिमालय शेर्पा र एपिएफ क्लबबीच खेल हुनेछ ।
वि.सं.२०८० जेठ ५ शुक्रवार ०३:२४
1.27K
shares








