राष्ट्रिय ललितकला उत्सव : यसपटक दुई ठाउँमा चित्र प्रदर्शनी
वि.सं.२०८० जेठ ५ शुक्रवार ०३:३६

काठमाडौँ । यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सुरु हुन लागेको ललितकला क्षेत्रको महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ मा समावेश सिर्जना यसपटक दुई स्थानमा प्रदर्शन हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का अनुसार यसपटक नक्सालस्थित प्रतिष्ठान कार्यालय नक्सालको बालमन्दिरस्थित प्रदर्शनीस्थल र नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा प्रदर्शन गर्ने निर्णय भएको छ ।
प्रदर्शनीको तयारी तीव्ररुपमा भइरहेको र आवश्यक सिर्जना छनोट सकिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रम संयोजक नादरमणि हार्तम्छालीले जानकारी दिए । यसपटक ‘म मेरो देश र मेरो सिर्जना’ विषयमा आधारित रहेर कला प्रदर्शनी गरिनेछ । नेपाल कला परिषदमा हुने प्रदर्शनीमा लोक तथा परम्परागत चित्रकलासँग सम्बन्धित सिर्जना प्रदर्शनी हुने प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को कार्यकारी समितिका संयोजक लालकाजी लामाले बताए ।
वि.सं.२०८० जेठ ५ शुक्रवार ०३:३६








