विश्वकप फुटबलको लोगो सार्वजनिक

1.45K shares

काठमाडौं । विश्वकप फुटबलको २३ औं संस्करणको लोगो सार्वजनिक भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार लोगो सार्बजनिक गरेको हो ।

२०२६ मा हुने खेललाई संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् । सार्वजनिक लोगोमा विश्वकपको ट्रफिलाई पनि समावेश गरिएको छ ।

तीनवटा देश आयोजक रहेकोले खेल तीन राष्ट्रका १६ वटा सहरमा हुनेछ ।

1.45K shares