‘काँडेतार’ सेन्सर फुकुवा
वि.सं.२०८० जेठ ५ शुक्रवार ११:१९

काठमाडौँ । नवल खड्काको नयाँ चलचित्र काँडेतार सेन्सरबाट फुकुवा भएको छ । फिल्ममा केही आपत्तीजनक दृश्य राखिएको भन्दै चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सेन्सर पास गरेको थिएन ।
उक्त विषयलाई लिएर खड्काले पत्रकार सम्मेलन समेत गरेका थिए । फिल्ममा रहेको गृह मन्त्रालयको बोर्ड देखाइएको र भुटानको आन्तरिक मामिलामा आँच पुग्ने संवाद राखिएको भन्दै सेन्सर बोर्डले फिल्मलाई रोकेको थियो । उक्त दृश्य र संवाद हटाउन खड्का तयार भएपछि बोर्डले सेन्सर फुकुवा गरेको हो ।
सिमानाको विषय उठाएको फिल्मलाई खड्कालेनै लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा खड्का लगायत गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०८० जेठ ५ शुक्रवार ११:१९








