पलले कस्लाई भने, “सक्छौ र तिमि म बिना बाँच्न”

1.46K shares

काठमाडौँ । अभिनेता पल शाहको नयाँ गीत सक्छौ र तिमि म बिना बाँच्न सार्वजनिक भएको छ । आज एभरेष्ट मोसन पिक्चर्स मार्फत भिडियो सार्वजनिक भएको हो ।

जेलबाट फर्केपछि पल धमाधम म्युजिक भिडियो गरिरहेका छन् । उनको यो तेस्रो भिडियो हो । उनका प्रत्येक भिडियोमा मोडल सनिसा भट्टराईले साथ दिएकी छिन् ।

राम अविरल बिष्टको शब्द रहेको गीतमा सन्तोष सुनारले संगीत दिएका छन् । नरेश बुढाथोकीको स्वर रहेको गीतको भिडियोलाई बिकास सुवेदीले निर्देशन गरेका छन् ।

1.46K shares