आशीष विद्यार्थीले गरे ६० वर्षको उमेरमा दोस्रो बिहे

1.37K shares

काठमाडौँ । बलिउड कलाकार आशीष विद्यार्थीले दोस्रो विवाह गरेका छन् । उनले ६० वर्षको उमेरमा रपाली बरुआसँग दोस्रो विवाह गरेका हुन् ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार असम राज्यकी रूपाली फेशन डिजाइनर हुन्। उनको कोलकतामा फेसन स्टोर छ।

आशीषको पहिलो बिहे अभिनेत्री शकुन्तला बरूआकी छोरी राजोशी बरूआसँग भएको थियो।

आशीषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम गरी ११ भाषामा करिब २०० वटा फिल्ममा काम गरिसकेका छन्।

1.37K shares