बजेट आएको दोस्रो दिन नेप्सेमा भारी गिरावट

1.44K shares

काठमाडौँ । सरकारले सोमबार आगामी आर्थीक वर्षको लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनसँगै पूँजीबजारले सकरात्मक बाटो समाउने झिनो आशा निराशा बनेको छ ।

साताको तेस्रो कारोबार दिनमा पुँजीबजारमा भारी गिरावट आएको छ । नेप्से ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा झरेको छ ।

२ अर्ब ३४ करोड रुपैँया बराबरको कारोबार भएको बजारमा नेप्सेसहित, सेन्सेटिभ, फ्लट, सेन्सेटिभ फ्लट सूचक नकारात्मक रहे भने सबै उपसमुहहरु घटेका छन् ।

बजार घट्दा आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा भने सकरात्मक सर्किट लागेको छ । तर, आरम्भ चौतारी लघुवित्त, कृषि विकाश बैक लगायतका कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ ।

1.44K shares