‘अदृश्य’को ‘एकचोटी’ सार्वजनिक
वि.सं.२०८० असार २६ मंगलवार ०८:५७
1.42K
shares

काठमाडौँ । नेपाली फिल्म ‘अदृश्य’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको ‘एकचोटी’ बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा प्रमोद अग्रहरी र रिश्ता बस्नेतले अभिनय गरेका छन् । विशाल पौडेल र सीमा संग्रौलाको स्वर रहेको गीतमा संगीत पनि पौडेलकै रहेको छ ।
प्रल्हाद काफ्लेको डेब्यू निर्देशनमा तयार भएको फिल्म आगामी साउन १९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ । फिल्ममा प्रमोद र रिश्ताका अलवा सोहित मानन्धर, प्रविन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० असार २६ मंगलवार ०८:५७
1.42K
shares





