३ हजार ६ सय बैसठ्ठी बिदेशी कामदारका रुपमा नेपाल आए

1.69K shares

काठमाडौँ । यस आर्थीक वर्षमा कामदारका रुपमा तीन हजार छ सय बैसठ्ठी विदेशी नागरिक नेपाल आएका छन।अध्यागमन विभागको तथ्यांकले भन्छ भने आर्थिक वर्ष (आव) २०७९/८० मा यस संख्याका विदेशी नागरिक नेपालमा कामको खोजी गर्दै औपचारिक रुपमा नेपाल आएका छन।

यस सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर कामदारको रुपमा गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक भने छैन ।

नेपालमा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा विदेशी कामदारको आगमन समेत बढेको कुरा आएको छ। आव २०७८/७९ मा दुई हजार आठ सय बयानब्बे जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्या अगाडीको आर्थिक वर्ष २०७७/७८ मा तिन हजार तीन सय एक्तिस जना विदेशी नेपालमा कामदार भिसामा आएका अध्यागमन बिभागले बताएको छ।

1.69K shares