ग्ल्यामर अवतारमा अदिती (फोटोफिचर)

2.25K shares

काठमाडौँ । अभिनेत्री अदिती बुढाथोकी फिल्मका कारण भन्दा धेरै ग्ल्यामरस अवतारका कारण चर्चामा छाइरहन्छिन् । भर्खरै माल्दिभ्स पुगेर ग्ल्यामर अवतारमा खुलेको अदितीको फोटो अहिले चर्चामा छ ।

उनको तस्विरको चर्चा यो पहिलो पटक भने हैन । बेलाबेलामा उनले आफ्नो सोसल साइट एकाउन्टहरुमा मादक फोटोहरु सार्वजनिक गरिरहेकी हुन्छिन् ।

अदितीले पछिल्लोपटक होम प्रोडक्सनको फिल्म बाबरीमा काम गरेकी थिइन् । फिल्म बक्स अफिसमा असफल रह्यो । त्यसपछि फेरी उनि मुम्बईतिर लागिन् । बलिउडमा काम गर्न संघर्षरत अदिती केहि हिन्दी म्युजिक भिडियोमा समेत देखा परेकी थिइन् । त्यस्तै, अमेजन प्राइमको वेव सिरिजमा पनि काम गरिरहेकी छिन् ।

2.25K shares