कुटपिटबाट कारागार भित्र दुई कैदिको मृत्यु
वि.सं.२०८० साउन २४ बुधवार १०:०९

काठमाडौ । जिल्ला कारागार संखुवासभामा बलात्कार मुद्दामा कैद सजायमा परेका संखुवासभा मादी नगरपालिका वडा नम्बर पाँच का विनोद तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भोगिरहेका नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर सात का आकाश बलामीको मृत्यु भएको हो। कुटपिटबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा लगिएको थियो। उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले बतायो। अगाडी पनि दुवै जना शौचालयको झ्याल फोडेर भाग्न लागेका वेला सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। त्यसपछि दुवै जनालाई पुन: कारागारभित्रै राखिएको थियो।
अन्य कैदीको कुटपिटबाट उनीहरूको मृत्यु भएको डीएसपी गोदारले बताए। मध्य राती भाग्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर जेलभित्रै पठाइएको थियो। अन्य कैदीबन्दीले किन भागेको भनेर कुटपिट गरेछन। प्रहरीका अनुसार उनीहरूले मंगलबार राति शौचालयको झ्यालको एउटा रड निकालेर जेलबाट बाहिर निस्कने प्रयास गरेका थिए। शौचालय पार गरेपछि कारागारको पर्खाल नाघ्नका लागि प्रयोग गरेको काठ घटनास्थलमा भेटिएको स्रोतले जनाएको छ।
वि.सं.२०८० साउन २४ बुधवार १०:०९





