आजको राशिफल हेर्नुहोस

1.69K shares

काठमाडौ,आज मिति २०८० साउन २५ गते, बिहिवार पशुपतीनाथको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस।

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो,

आज शुभकार्यको चर्चा चल्नेछ।प्रेमिको सहयोग पाइनेछ बिश्वास गरेकाले साथ दिनेछन दिनको उतरार्धमा धन पनि खर्छ हुनेछ।

वृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ।माइलो यात्राको योग रहेको छ।नया कार्यको योजना बन्नेछ।शत्रुमाथी बिजय मिल्ने समय छ।

मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह

आज स्वास्थमा समस्या आउन सक्छ।अधिकार प्राप्तिका लागि सङघर्ष गर्नु पर्ला। प्रेममा बाधा आउन सक्छ।बैदेशिक क्षेत्र पनि कमजोर रहनेछ।

कर्कट-हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आदर्श ब्यक्तिको सहकार्यले नया अनुभव मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्ने छ।

सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आजको दिन भाग्यसाली भएर देखा पर्नेछ।बन्धु बाट सहयोग मिल्नेछ।पुनर्मिलन को योग रहनेछ।शुभकार्यको चर्चा पनि चल्नेछ।

कन्या-टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आज पुनर्मिलनको योग चल्नेछ।धर्म कर्म वा समाजसेवामा मन लाग्नेछ।प्रेमिको सहयोग पनि पाइनेछ।

तुला-र, रि, रु, रे, रो, ता, ति, तु,

तेमानसिक तनाब हुन सक्नेछ।प्रणयसम्बन्ध र रतिगाग बढाउने समय छ।पाट्री पिक्निक तथा सेमिनारमा सहभागी पनि भइएला

वृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज इच्छा र आकान्सा पूरा हुनेछन।सन्तान सुख मिल्नेछन।जोस जागर र हिम्मत बढ्नेछ।

धनु=ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कुटनिती नियोगको सहयोग मिल्ला।गरेको कामको सफलता पाउला।नजिकको ब्यक्तिबाट कार्य सफल हुनेछ।

मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि

एउटै काम बाट दोहोरो लाभ मिल्नेछ।सङ्गीत क्षेत्रमा रुचि बढ्नेछ।दाम्पत्य जिम्मेवार जीवन शुखमय हुनेछ।

कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द

आज महत्त्वपूर्ण कार्यमा ब्यबधान पाइएला।तर आफ्नै दक्षताले विभिन्न कार्य सम्पन्न हुनेछन।राजनैतिक कार्यमा बाधा आउनेछ।

मीन-दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आजको दिन शत्रु पारिजात हुनेछन।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।समाजसेवामा मन लाग्ने छ।बन्धुबान्धवाबाट सफलता मिल्नेछ।

1.69K shares