रेखाको फिल्मको स्क्रिप्ट विवाद टुंगियो

1.89K shares

काठमाडौँ । रेखा थापा लामो समयपछि फिल्म निर्माण फर्किएकी छन् । उनले ‘उपहार’ फिल्म निर्माण गर्ने भएकी छन् । ज्ञानेन्द्र देउजासँग मिलेर निर्माण गर्न लागिएको फिल्ममा हाल कलाकार छनौटको काम भइरहेको छ ।

यसैबिचमा फिल्मको स्क्रिृप्ट चोरीको आरोप लागेको छ । लेखक सुलक्षण भारतीले आफ्नो वान लाइन स्टोरी चोरीको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा लेखक भारती र निर्देशक देउजाबिच जुहारी नै चलेको थियो ।

मंगलबार रेखा र देउजाले भारतीको नाम फिल्मको कथा, पटकथा तथा संवादमा राख्ने बताएपछि विवाद साम्य भएको छ ।

भदौबाट छायांकनमा जाने फिल्ममा रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

1.89K shares