पन्ध्र लाख नकली नोट सहित युवा पक्राउ 

1.9K shares

काठमाडौ,नेपाल प्रहरीले भक्तपुरको चाँगुनारायणयबाट बिहीबार बेलुका पन्ध्र  लाखका नेपाली नक्कली नोट वरामद गरेको छ।पक्राउ पर्नेमा अछामका १ युवकसहित ९ जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ चाँगुको बुढाथोकीगाउँबाट रु 15 लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।नक्कली नोटका साथ पक्राउ पर्नेमध्ये अछाम घर भई हाल काठमाडौँ मा बस्ने २३ वर्षीय अर्जुन बुढा पनि रहेका थिय ।

प्रहरीले सिन्धुपाल्चोकको बलेफी नगरपालिका वडा नम्बर ७ घर भई हाल चाँगुनारायण बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँमा  छापा मारी नक्कली नोट बरामद गरेको हो।प्रहरीका अनुसार अर्जुन्का डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका रहेछन । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको हो।

1.9K shares