नाङ्गो गाउँको ‘पहिलो नम्बर’ सार्वजनिक
वि.सं.२०८० साउन २७ शनिवार ०३:०९
2.11K
shares

काठमाडौँ । बहुप्रतिक्षित फिल्म ‘नांगो गाउँ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार फिल्मको ‘पहिलो नम्बर’ बोलको गीत सार्वजनिक भएको हो ।
राजेश अर्यालको शब्द रहेको गीत्मा एसडी योगीको संगीत रहेको छ भने स्वर किरन गजमेरको रहेको छ । भिडियोमा कर्मा र साम्रँज्ञी फिचर्ड रहेका छन् ।
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा राजनीतिक विषयबस्तुलाई उठाइएको छ । फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आर एल शाह लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म भदौ २९ गतेदेखि प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८० साउन २७ शनिवार ०३:०९
2.11K
shares





