ब्राउनसुगर सहित १६ वर्षीय बालक पक्राउ

2.17K shares

काठमाडौ,कंचनपुर  पुनर्वासबाट प्रहरीले ब्राउनसुगरसहित नाबालकलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार पुनर्वास नगरपालिका–११ रामजानकी टोलबाट १ सय मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका १६ वर्षीय अभिषेक चौधरी पक्राउ परेका हुन् ।

शनिबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनको संयुक्त टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर फेला परेको स्रोतले जनाएको छ ।

2.17K shares