फ्राइडे रिलिज : हलमा ‘जय हो’ र ‘महानगर’

2.79K shares

काठमाडौँ । आज शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जय हो र महानगर ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको जय हो प्रदर्शनपूर्व आक्रमक प्रचारमा उत्रीएको थियो । बस्नेतको सिंगो परिवार र फिल्मका कलाकारहरुले फिल्मका प्रचारमा कुनै कसरत बाँकी राखेनन् ।

टेक पौरखि राईको निर्देशनमा बनेको फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, अर्पन थापा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रेम सम्बन्धमा आउने उतारचढावको कथा फिल्ममा देखाइएको छ ।

त्यस्तै, अर्को नेपाली फिल्म महानगर पनि प्रदर्शनमा आएको छ । मोहन राइको निर्देशनमा बनेको फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भुमिका रहेको छ ।

2.79K shares