‘जय हो’ रिलिज अगाडि चर्चै चर्चा, रिलिजपछि सुनसान
वि.सं.२०८० भदौ १५ शुक्रवार १०:१४

काठमाडौँ । कलाकार तथा निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘जय हो’ को चर्चा अघिल्लो बिहिबारसम्म राम्रै थियो । फिल्मका लागि भनेर साउन महिना देखिनै प्रचार सुरु गरिएको थियो ।
फिल्मका प्रचारका लागि कुनै कसरत बाँकी राखेको देखिएन । बस्नेतको त सिंगो परिवार नै लागेको थियो प्रचारमा । त्यस्तै, फिल्मको मुख्य अभिनेता सलोन बस्नेतले समेत कुनै कसर छाडेनन् । अष्ट्रेलियासम्म पनि पुगे फिल्म प्रचारका लागि । कलेज कलेज धाए ।
तर, जब फिल्म प्रदर्शनमा आयो सुनसान भयो । फिल्ममा समावेश केहि दृश्यहरुको अलिअलि चर्चा भयो भने बाँकी फिल्म अभिनय लगायतका विषयले स्थाननै पाएन । सबै सेलाएको देखियो । फिल्मले दोस्रो हप्ताको यात्रा तय गरेपनि कमाईको हिसाबले फिल्म फ्लप देखिएको छ ।
टेक पौरखी राइको निर्देशनमा बनेको फिल्ममा सलोनको साथमा केकी, अर्पण थापा, निशा अधिकारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०८० भदौ १५ शुक्रवार १०:१४





