राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे
वि.सं.२०८० भदौ १७ आइतवार ०५:४४

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शनिबार काठमान्डौमा फाउण्डेसन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राखेर विदेशी सहयोग लिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा घिमिरेले एमसीसी, बीआरआई लगायतका कार्यक्रमलाई राष्ट्रियता प्राथमिकतामा राख्दै जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले चीन र भारतको आर्थिक प्रगतिबाट फाइदा लिने क्रममा नेपाललाई अवसर र चूनौति दुवै रहेको बताए ।
सभामुख घिमिरेले चीन र भारतको प्रभावलाई सन्तुलित ढंगले कायम राख्दै राष्ट्रियतालाई मजबुद बनाउदै नेपाली जनताको आत्मनिर्भरताका लागि अघि बढाउन कस्तो बाटो लिने भन्नेबारे बहस हुनुपर्ने जिकिर गर्नुभयो । मुलकमा परिवर्तन आएपनि कृषि वस्तुमा बाह्य निर्भर हुनुपर्ने, दक्ष जनशक्ति बाहिरिनुपर्ने अवस्था, उद्योगधन्दाहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्न गम्भीर भएर सोच्नुपर्ने बताएका छन् । घिमिरेले थप्दै भने, “मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन मावनस्रोत, प्राकृतिक स्रोत साधनको उपयोगलाई ध्यान दिनुपर्छ ।”
कार्यक्रमको अध्यक्षता पूर्ब पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले गरेका थिए भने कार्यक्रममा पूर्वराजदुत महेन्द्र पाण्डे, ,डाक्टर भरत पोखेल ,डाक्टर कल्याण रोक्का ,पूर्वपरराष्ट्रमन्त्री डा। बिमला राई पौडेल, सार्वजनिक लेखा समितिका सभापति माननीय ऋषि पोखरेल, बागमति प्रदेशकी उपसभामुख माननीय अप्सरा चापागाईं लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०८० भदौ १७ आइतवार ०५:४४








