सबैभन्दा छिटो ५ सय करोड कमाउने फिल्म बन्यो ‘गदर २’

1.93K shares

काठमाडौँ । बलिउड फिल्म गदर २ ले नयाँ किर्तिमान कायम गरेको छ । फिल्म सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्म बनेको हो । फिल्मले प्रदर्शनको २४ औँ दिनमा उक्त आँकडा पार गरेको हाो ।

अनिल शर्माको निर्देशन रहेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

यसअगाडि शाहरुख खानको पठानलाई ५ सय करोड कमाउन २८ दिन लागेको थियो भने बाहुबली २ को हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो ।

1.93K shares