‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा
वि.सं.२०८० भदौ २५ सोमवार १२:१७
2.54K
shares

काठमाडौँ । बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म पुष्पा द रुल को प्रदर्शन मिति तय भएको छ । फिल्मको पहिलो पार्ट पुष्पा द राइजले निर्माण गरेको हाइपले दर्शकहरुमा यसको भाग २ को व्यग्र प्रतिक्षा रहेको छ ।
पहिलो पार्टमा अल्लु अर्जुनको क्यारेक्टर र डाइलग डेलिभरीलाई दर्शकले अत्याधिक रुचाएका थिए । फिल्मका केहि डायलग आज पनि उत्तिकै बोलिन्छन् ।
निर्माण टिमले दर्शकको प्रतिक्षालाई पुरा गरेको छ । आज फिल्मको प्रदर्शन मिति २०८१ साउन ३१ गते अर्थात अर्का वर्षको अगष्ट १५ लाई तोकिएको हो । फिल्मलाई सुकुमारले लेखन तथा निर्देशन गरेका छन् ।
वि.सं.२०८० भदौ २५ सोमवार १२:१७
2.54K
shares





