पुन बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

4.34K shares

काठमाडौ,नेपाल आयल निगमले शनिबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढेको निगमले बताएको छ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्यवृद्धि गरिएको निगमले बताएको हो।यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ पुगेको छ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

सो अनुसार काठमाडौं, पोखरा र दिपालयलाई तस्रो वर्गमा विभाजन गरिएको छ। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ हुने निगमले जनाएको छ।त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ८० रुपैयाँ र दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १ सय ७९ रुपैयाँ ५० पैसा कायम भएको हो।

4.34K shares