प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित

3.13K shares

काठमाडौ,संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते आइतबारका लागि तोक्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले एमाले सांसद सुवास नेम्वाङको निधनका कारण प्रतिनिधिसभाको एक सिट रिक्त भएको जानकारी गराउनुभएको थियो।

3.13K shares