प्रिज्मा प्रिन्सीको ‘सलल’ सार्वजनिक

2.48K shares

काठमाडौँ । मोडल प्रिज्मा प्रिन्सी अभिनित गीत ‘सलल’ सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

लेखु सहयात्रीको शब्द संगीत रहेको गीतलाई रोशन अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन् । डान्सिङ नम्बर रहेको गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् ।

गीतको भिडियोमा प्रिज्मा प्रिन्सी सँग राज आचार्य र रोशन अधिकारीले कम्मर मर्काएका छन् ।

2.48K shares