भारतीय लागूऔषध कारोबारीलाई समात्न गोठाटारमा प्रहरीले चलायो गोली

1.99K shares

काठमाडौँ । लागूऔषध कारोबारीलाई समात्न खोज्दा प्रहरीले गोली चलाएको छ । कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीले गोली चलाएको हो ।

अपरेशनको क्रममा करिमले प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाएको प्रहरीले जनाएको छ । करिमको दाहिने तीघ्रामा प्रहरीले चलाएको गोली लागेको छ ।

प्रहरीले करिमको साथबाट दुई ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । त्यस्तै, उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेका छन् ।

1.99K shares