श्रीमतीले खाना पकाउने भाँडाले हिर्काउँदा श्रीमान‍को मृत्यु

1.77K shares

काठमाडौँ । श्रीमतीले खाना पकाउने भाँडाले हिर्काउँदा श्रीमान्को मृत्यु भएको छ । दैलेख नौमूले गाउँपालिका–४ कालिकामा श्रीमतीले खाना पकाउने भड्डुले हिर्काउँदा ३८ वर्षीय श्रीमान् भीमबहादुर योगिको मृत्यु भएको हो ।

श्रीमान् श्रीमतीबिच झगडा परेपछि श्रीमती सीता योगीले भाँडाले हिर्काएकी हुन् । प्रहरीका अनुसार श्रीमान् योगिले पहिला हात छाडेका थिए । त्यसपछि श्रीमतीले प्रहार गरेकी हुन् । प्रहरीले सीतालाई नियन्त्रणमा लिएको छ ।

1.77K shares