लन्डन पुगे रवि लामिछाने, नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

1.41K shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछाने लन्डन पुगेका छन् । लामिछाने चारदिने भ्रमणका लागि आइतबार लण्डन पुगेका हुन् ।

भ्रमणमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनलाई गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङ, प्रवास नेपाली सम्पर्क यूकेका अध्यक्ष पवन शर्मा लगायतले लण्डनमा स्वागत गरेका थिए ।

डिसेम्बर ११ तारिखमा बर्मिङहममा आयोजना हुने अन्तरक्रियामा भाग लिन सभापति लामिछानेले भोलिपल्ट मंगलबार बिहान साउथ इष्ट लन्डन र बेलुका अल्डरसटको एम्पायर हलमा स्थानीय नेपालीसँग अन्तरक्रिया गर्नेछन्।

1.41K shares