कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ : महामन्त्री शर्मा

1.03K shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् । शनिबार बागलुङको कांग्रेसको गलकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएका हुन् ।

‘आगामी फागुनमा हुने महाधिवेशन बैठकले पार्टीलाई दिशा निर्देश गर्छ, त्यसपछिको महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउँछ,’ महामन्त्री शर्माले भने, ‘पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस देशलाई चाहिएको छ ।’

कमजोरी सुधारेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले देश र जनताको हितमा काम गर्नु पर्ने उनको भनाइ थियो ।

1.03K shares