अभिनेत्री तृप्तिले ‘एनिमल’ बाट कति पाइन् पारिश्रमिक ?

1.21K shares

काठमाडौँ । बलिउड चलचित्र ‘एनिमल’ रिलिज पछि एकपछि अर्को रेकर्डहरुको बनाउँदै गयो । फिल्ममा काम गर्ने कलाकारहरुले पनि एकपछि अर्को चर्चा पाउदै गए ।

एनिमलले कसैलाई चर्चाको शिखरमा पुर्यायो भने त्यो तृप्ती डिमरीलाई हो । यस अगाडि पनि केहि फिल्ममा मुख्य भुमिकामा काम गरिसकेकी तृप्तीलाई दर्शकमाझ चिनाउन ति फिल्महरुले सकेनन् । तर, एनिमलको जोयाको क्यारेक्टरले रातारात उनलाई चर्चाको शिखरमा पुर्यायो ।

फिल्ममा नेशनल क्रश रश्मिका मन्दना हुँदाहुँदै पनि तृप्तीको चर्चा झन् चुलियो । अझ उनैलाईपो नेशनल क्रश भन्नेहरु देखिन थाले ।

सन्दिप रेड्डीले निर्देशन गरेको फिल्मका कलाकारहरुको विस्तारे पारिश्रमिकको बारेमा पनि खुलासा हुने थालेको छ । यस्तैमा तृप्तीले कति पारिश्रमिक लिइन् भन्ने कुराको चासो नहुने त कुरै भएन ।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार तृप्तिले ४० लाख भारू पारिश्रमिक लिएकी थिइन्। त्यस्तै, एनिमलबाट रणवीरले ७० करोड भारू, रश्मिकाले ४ करोड, अनिक कपूरले २ करोड र बबी देओलले ४ करोड पारिश्रमिक लिएका थिए।

एनिमल प्रदर्शनपछि तृप्ती आइएमडिबीको ‘लोकप्रिय भारतीयहरू’ को सूचीमा शीर्ष स्थान प्राप्त गरेकी छन्।

1.21K shares