अनेरास्ववियु खोटाङको अध्यक्षमा विष्णु उपरकोटी

1.23K shares

काठमाडौँ । अनेरास्ववियु खोटाङको अध्यक्षमा विष्णु उपरकोटी चयन भएका छन् । शुक्रबार ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन माध्यमिक विद्यालयमा सम्पन्न जिल्ला अधिवेशनबाट विष्णु उपरकोटीको नेतृत्वमा ३९ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

कमीटीको उपाध्यक्षमा सुरेश प्रधान र सुशीला तिम्सिना चयन भएका छन् । त्यस्तै, सचिवमा अभिषेक घिमिरे, सचिवमा अभिषेक घिमिरे, सहसचिवमा ईश्वर आचार्य, प्रकाश पौडेल, बिक्रम क्षेत्री र उर्मिला राई चयन भएका छन् । कमिटीको कोषाध्यक्षमा रेम्बोहाङ राई चयन भएका छन् ।

सम्मेलनलाई संगठनका केन्द्रिय अध्यक्ष समिक कुमार बडालले उद्घाटन गरेका थिए ।

1.23K shares