हरिवंशको नयाँ गीत ‘हिंड माया हिंड’ सार्वजनिक

1.15K shares

काठमाडौँ । अभिनेता हरिवंश आचार्यको नयाँ गीत हिँड माया हिँड सार्वजनिक भएको छ । चेलबेटी बेचबिखनसम्बन्धी मुद्दा उठाइएको गीतको भिडियो सार्वजनिक भएको हो ।

आचार्यले यसअगाडि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका थिए । माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा हरिवंशकै शब्द र संगीत छ।

गायनमा आचार्यलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन्। भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् ।

 

 

1.15K shares