‘के घर के डेराः घर नम्बर २’ निर्माण हुने

861 shares

काठमाडौँ । गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’को दोस्रो पार्ट निर्माण हुने भएको छ । दोस्रो पार्टको कथा बुद्धिसागरले लेखेका छन् । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।
आगामी वर्षको तिहारमा प्रदर्शनको तयारी गरिएको फिल्मको कथा फाइनल भइसकेको छ । फिल्मको छायांकन पनि अर्को वर्ष गर्ने जनाइएको छ ।

यसअगाडि निर्देशक खनालले अन्य दुई वटा फिल्म निर्देशनको तयारी गरिरहेका छन् । फिल्मलाई ए प्लस इन्टरटेन्मेन्टसँग नटराज क्रियशनले सहकार्यमा निर्माण गर्न लागिएको हो ।

फिल्मको पहिलो पार्ट युट्युवमा केहि दिन अगाडि प्रदर्शन भएको थियो । फिल्मले युट्युवमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

861 shares