पल शाहको बलात्कारको मुद्दा सर्वोच्चले दोहोर्याएर हेर्ने

1.94K shares

काठमाडौँ । नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाह जिल्ला र उच्च अदालतबाट सफाइ पाएर काममा फर्किसकेका छन् । तर, उनको मुद्दालाई सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ ।
उच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर मुद्दा हेरि पाउँ भन्दै निवेदन दिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उक्त मुद्दालाई दोहोर्याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालतले पलको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो । अब यो मुद्दा सर्वोच्च अदालत पुगेको छ ।

सर्वोच्चले दिएको आदेशमा भनेको छ–‘यसमा पीडित नाबालक रहेको देखिएकाले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स।ज ११ मा गरेको स्विकारोक्ति समेतका प्रमाणको समुचित मुल्यांकन नगरि भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएकाले प्रस्तुत मुद्दा दोहोर्याएर हेर्ने अनुमति प्रदान गरिएको छ ।’

 

1.94K shares