भिटेनको जोडि बनेर फिल्म गर्दै उपासना
वि.सं.२०८० मंसिर ३० शनिवार ०७:४०
2.02K
shares

काठमाडौँ । र्यापर भिटेनले फिल्म गर्ने भएका छन् । उनले हरि हुमागाँइले निर्देशन गर्ने फिल्ममा अभिनय गर्ने भएका हुन् । फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको छ ।
म्युजिक भिडियोका सफल निर्देशक हुमागाँइले भिटेनलाई लिएर कस्तो फिल्म निर्माण गर्न लागेका हुन् त्यो भने खुलाइएको छैन । फिल्ममा नायिकाको रुपमा उपासना सिंह ठकुरीले काम गर्ने भएकी छन् ।
केहि समयपछि फ्लोरमा जाने जनाइएको फिल्ममा भिटेन र उपासनाको जोडि कस्तो हुनेछ त्यो भने हेर्न बाँकि नै छ ।
वि.सं.२०८० मंसिर ३० शनिवार ०७:४०
2.02K
shares







