लगातार घट्यो सुनको मूल्य, तोलाको कति ?
वि.सं.२०८० पुस २४ मंगलवार ०५:५५
2.46K
shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैँया रहेको छापावाल सुनको मूल्य मंगलबार १ लाख १८ हजार ६ सय रुपैँया कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैँया कायम भएको छ ।
बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैँया कायम भएको छ ।
वि.सं.२०८० पुस २४ मंगलवार ०५:५५
2.46K
shares




