फिल्म हलमा चल्न नपाउँदै सिक्वेलको घोषणा

721 shares

काठमाडौँ । नेपाली फिल्म मेकरहरु बेलाबेलामा अनपेक्षित घोषणाहरु गरिरहन्छन् । कतिले फिल्मको कथा लेख्न नपाउँदै प्रदर्शन मिति घोषणा गरिदिन्छन् भने कतिले फिल्म प्रदर्शन नहुँदै सिक्वेलको घोषणा ।

यस्तैमा फिल्म ‘चित्रा’का मेकरहरु पनि के कम । उनिहरुले पनि सिक्वेल चित्रा २ को घोषणा गरिदिएका छन् । सोमबार भएको प्रिमियर शो मा निर्माता तथा कलाकार सन्तोष अधिकारीले सिक्वेलको घोषणा गरिदिएका छन् ।

फिल्मको प्रतिक्रिया दिने क्रममा उनले चित्रा २ को घोषणा गरेका हुन् । उनको चित्रा पौष २७ गतेबाट प्रदर्शनमा आउदैछ । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् ।

721 shares